Online Nepal मंगलबार, असोज १६ २०८०

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सर्‍यो

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सर्‍यो


मध्यान्तर
  • बुधबार, भाद्र २० २०८०

  • काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।

    यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुने भएको हो।

    ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ।

    दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने बताइएको छ।

    दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार