Online Nepal आइतबार, जेष्ठ २० २०८१

परोपकार प्रसूति अस्पातलमा अनलाइन टिकट सेवा सुरु

परोपकार प्रसूति अस्पातलमा अनलाइन टिकट सेवा सुरु


मध्यान्तर
  • बुधबार, भाद्र २० २०८०

  • काठमाडौँ । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पातलले बुधबारदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबारदेखि अनलाइन व्यवस्था सुरू गरेको हो ।

    बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

    स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार