Online Nepal मंगलबार, असोज १६ २०८०

सन्दीपविरुद्धको बलात्कार मुद्दा : गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

सन्दीपविरुद्धको बलात्कार मुद्दा : गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश


मध्यान्तर
  • बिहिबार, भाद्र २१ २०८०

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

    सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला(२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो ।

    हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार