Online Nepal मंगलबार, असोज १६ २०८०

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज, १४ जिल्ला साक्षर घोषणा हुन बाँकी

अन्तर्राष्ट्रिय साक्षरता दिवस आज, १४ जिल्ला साक्षर घोषणा हुन बाँकी


मध्यान्तर
  • शुक्रबार, भाद्र २२ २०८०

  • काठमाडौँ । आज ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।

    नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व साक्षरता दिवस मनाइँदै छ।

    नेपाललाई यही आर्थिक वर्षभित्र साक्षर मुलुक घोषणा गर्ने लक्ष्य छ।यसका लागि १२ वटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रम सञ्चालन भएको शिक्षा मन्त्रालयले जनाएको छ।

    पाल्पा र ललितपुर पूर्ण साक्षर जिल्ला घोषित भइसकेको जिल्ला हो। १४ जिल्लाका १६१ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छ।

    धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, मुगु, जुम्ला, कालीकोट र हुम्लाका विभिन्न स्थानीय तह साक्षर घोषणा हुन बाँकी छ।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको साक्षरता अभियानको यात्रामा जोडिएर गुणस्तरीय शिक्षाको माध्यमबाट सामाजिक न्याय र समृद्धि हासिल गर्नका लागि थप योजनावद्ध ढंगले अगाडि बढ्न आवश्यक रहेको बताए।

    उनले शिक्षालाई व्यवहारिक रूप दिने सन्दर्भमा सरकारले शिक्षामा सबै नागरिकको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयास गरिरहेको बताए।

    साक्षर घोषणा हुन बाँकी रहेका जिल्लालाई साक्षर तुल्याउन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्री प्रचण्डले आह्वान गरेका छन्।

    प्रतिक्रिया
    थप समाचार