Online Nepal शनिबार, साउन १२ २०८१

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र


मध्यान्तर
  • आइतबार, भाद्र २४ २०८०

  • काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।

    स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको हो ।

    मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।

    तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार