Online Nepal मंगलबार, बैशाख १८ २०८१

यामाहाद्वारा FZ-S V3 को नयाँ अवतार सार्वजनिक

यामाहाद्वारा FZ-S V3 को नयाँ अवतार सार्वजनिक


मध्यान्तर
  • बिहिबार, भाद्र २८ २०८०

  • काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ ।

    नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ । FZ-S FI V3 ३.० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-S FI V ३.० भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ अअ क्इज्ऋ, दुई -भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ । यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ ।

    एमएडब्लू ईन्टरप्राइजेज, टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने, १४९ cc SOHC, धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौँ । नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ। यामाहा  FZ-S ले  ले सधैँ आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौँ । हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन् ।’

    यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ । यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ। बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार