Online Nepal शनिबार, साउन १२ २०८१

आकस्मिकबाहेक देशभरका अस्पतालमा आज सेवा बन्द

आकस्मिकबाहेक देशभरका अस्पतालमा आज सेवा बन्द


मध्यान्तर
  • आइतबार, भाद्र ३१ २०८०

  • काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकक सेवा बन्द गर्ने भएको छ । हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।
    बुधबार डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

    देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार