Online Nepal शनिबार, साउन १२ २०८१

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति


मध्यान्तर
  • आइतबार, भाद्र ३१ २०८०

  • काठमाडौँ । सरकारले आजदेखि स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

    समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने छन्।

    समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ।

    मकवानपुरको हेटौंडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्दसहित आन्दोलन थालेको हो।

    संघले हेटौंडास्थित सन्चो अस्पतालमा भदौ २७ गते डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन सुरू गरेको हो।

    सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन संघले ७२ घण्टाको समय दिए पनि दोषी ाथि कारबाही नगरिएको भन्दै आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो।

    संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडि सारेको छ।

    प्रतिक्रिया
    थप समाचार