काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज सोमबार पनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाईको मिति तोकिएको छैन । क्रिकेटर लामिछानेलाई एक नाबालिका बलात्कारको आरोप लागिरहेको छ ।