काठमाडौं । पाल्पामा एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ । तीजको गीतमा नाच्ने विषयमा झगडा हुँदा पाल्पाको तिनाउमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
गएराती तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासका विवाद हुँदा २४ वर्षीय सुनिल खत्रीमाथि चक्कु प्रहार गरी हत्या गरिएको हो ।
स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा राति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो ।
गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय महिला नाचिरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको थियो । त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ ।
झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताए ।