Online Nepal शनिबार, साउन १२ २०८१

डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघ्यो

डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघ्यो


मध्यान्तर
  • सोमबार, असोज १ २०८०

  • काठमाडौँ । पछिल्लो समय नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

    साढे सात महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।
    सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो धादिङ जिल्लामा २ हजार ९९२ सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, क्रमशः १ हजार ३९४ झापा, ५१७ काठमाडौँ, ४३३ सङ्खुवासभा, ४०३ धनकुटा, ३३१ धनुषा, ३३० र ३०२ तनहुँमा सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

    सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार