काठमाडौं । दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। घटनामा अन्य आठ जना घाइते भएका छन्।
महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सोमबार साँझ स्थानीय महादेव मन्दिरमा तीजको नाचगान हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।