Online Nepal शनिबार, साउन १२ २०८१

चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौँ । बहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

    काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

    उक्त दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका-१४का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    थप समाचार