Online Nepal मंगलबार, असोज १६ २०८०

एसिड प्रहारबाट दुईजना घाइते

एसिड प्रहारबाट दुईजना घाइते


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौँ । गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा रहेको सुनचाँदी पसलमा मंगलबार एसिड प्रहार हुँदा २ जना घाईते भएका छन् ।

    भद्रकाली सुन चाँदी पसलमा एक्कासी रक्सि खायर आएका पसल संचालक प्रविण विकले पसलमा रहेको एसिड वावाद भएपछि प्रहार गरेका थिए ।
    एसिड प्रहारबाट बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रातमाटा निवासी १८ वर्षीय दिपेश क्षेत्रि र सोही गाउँ पालिका स्थित कात्राक निवासी ६३ वर्षीय डम्बर बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी कार्यलय धादीङले जनाएको छ ।

    आरोपितलाई प्रहरीले पक्राउ गरेको छ भने पीडितहरुको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पुलामीको अनुहार र शरिरमा एसिडले पोलेको छ भने खत्रीको शरिरमा पोलेको छ।

    प्रतिक्रिया
    थप समाचार