Online Nepal शनिबार, साउन १२ २०८१

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने लक्ष्यका साथ अत्याधुनिक ‘डिजी स्टेशन’को सुरुवात गरेको छ। डिजी स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो। जसमा नगद जम्मा, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट स्वचालित प्रणालीबाट गर्न सकिन्छ।

    डिजी स्टेशनको सुरुवातले बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। प्रथम चरणको डिजी स्टेशनको सुरूवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ।

    क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा छ। साथै चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ। एनएमबि बैंकले २०१ शाखा, १४५ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रतिक्रिया
    थप समाचार