Online Nepal सोमबार, बैशाख १७ २०८१

चर्चामा भिम केसी कमलको उम्मेदवारी ॥ दिने भए सचिब पदमा उमेदवारी…

चर्चामा भिम केसी कमलको उम्मेदवारी ॥ दिने भए सचिब पदमा उमेदवारी…


मध्यान्तर
  • मंगलबार, असोज ९ २०८०

  • बिशेष गरेर यूरोपमा रहने प्रबासी नेपालीहरू माँझ भिम केसी कमलले आफ्नै पहिचान बनाएका छन । लामो समयदेखी यूरोपको पोर्चुगललाई कर्मक्षेत्र बनाएका भिम सामाजिक अभियन्ता हुन भने प्रबासी नेपालीहरूका लागि सहयोगी र मनकारी प्रबासी नेपाली हुन ।

    प्रबासमा रहेर पनि प्रबासी नेपाली, नेपाल र नेपालमा रहेका नेपालीहरूलाई साथ र सहयोग गर्दै आएका भिमले यसपटक गैर आबासीय नेपाली संघको केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट २०२३ – २०२५ का लागि सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    गैह् आबासीय नेपाली संघका लागि उनि नयां र नौलो ब्यक्ति होइनन् । भिम यो सस्थासंग बितेको डेढ दशकभन्दा लामो समयदेखी हातेमालो गर्दै साथमा साथ र कांधमा कांध मिलाएर अगाडि बढेका सामाजिक अभियन्ता हुन । उनले यसअघि एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका छन -‘ यस्ता अनुभवी र मनकारी अनि समाजका लागि केही गरौं भन्ने सोचका उमेदवारलाई जिताउंनु पर्छ -‘ यूरोपमा रहनु लगायतका गैह् आबासीय नेपालीहरूको भनाई छ ।

    युरोपमा रहेका प्रबासी नेपालीहरूको हक -हितका लागि मात्र होइन कि उनिहरूको आबाजलाई स्थानिय सरकारसम्म पुर्याएर परिणाम निकाल्ने मामिलामा केसीले खेलेको भूमिकाको आज पनि पोर्चुगल र यूरोपका नेपालीहरूले बिर्सिएका छैनन् । नेपालीले पाएको दुख अनि उनिहरूले पाउंनु पर्ने हकका लागि कानुनी रूपमा आबाज बुलन्द पार्न सक्ने केसीको क्षमता, दक्षता र शाहसको तारिफ गर्ने पर्छ ।

    पोर्चुगलमा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय सन्चालन गर्दै आएका केसी बाग्लुगंमा जन्मिएका हुन भने नेपाल रहंदा शिक्षण जस्तो गरिमामय पेशामा आबद्द थिए । बिगतमा नै सम्मानित पेशा अपनाएका कारण पनि केसी आज पोर्चुगल र यूरोपमा भद्र,शालिन र सभ्य प्रबासी सामाजिक अभियानमा दत्तचित्त भएर लाग्ने नेपालीका रूपमा चिनिन्छन ।

    प्रतिक्रिया
    थप समाचार