Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति, शिक्षकहरुको आन्दोलन स्थगित्

आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति, शिक्षकहरुको आन्दोलन स्थगित्


मध्यान्तर
  • शुक्रबार, असोज १२ २०८०

  • काठमाडौं । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ ।

    आज अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो ।

    वार्तामा शिक्षामन्त्री अशोक राई, शक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए ।

    शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

    तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

    आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले आन्दोलन जारी राखेको एक सातापछि वार्ता गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार