Online Nepal मंगलबार, मंसिर १२ २०८०

डेंगु संक्रमणबाट शिक्षकको मृत्यु

डेंगु संक्रमणबाट शिक्षकको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज १५ २०८०

  • काठमाडौँ । डेंगु संक्रमणबाट दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक शिक्षकको मृत्यु भएको छ ।

    रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

    डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँ रोल्पामा अध्यापन गराउँदै आएका थिए ।डाँगीलाई केही समय अघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा आइतबार साँझ मात्रै उपचारका लागि ल्याइएको थियो ।

    उनको उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताए ।

    प्रतिक्रिया
    थप समाचार