काठमाडौँ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो भने दोस्रो भूकम्पको झड्का पनि महसुस गरिएको हो ।
सो भूकम्पको झटका भारतको राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभूत विद्यालयको भवन भत्केको खबर छ । मानवीय क्षति भएको जानकारीमा आएको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।