Online Nepal बुधबार, बैशाख १२ २०८१

सुनका गहनामा अमृतको कला

सुनका गहनामा अमृतको कला


मध्यान्तर
  • शुक्रबार, साउन ३१ २०७६

  • काठमाडौं । श्रम तथा पुँजी उपार्जन आज राज्यको आवश्यक्ता भैसकेको छ । जसको लागि कठिन सङ्घर्ष सहित लगनशील हुनुपर्ने यथार्थ बुझिसकेका अमृत जब नुवाकोटबाट पिपुल्स कलेजमा स्नातक तह अध्ययन गर्न पसे, त्यस बेला सुनका गहनामा कला कोर्ने बानी बस्यो । यही कलालाई पेसाको रूपमा पछयाँउंदै अमृतले सुनका गहनामा यो कला देखाउँदै, बालाजुको माछा पोखरी स्थित गोल्डन राईज ज्वेलर्स नामक शो रुम सञ्चालनमा सफल भएका हुन । त्यसो त नेपाली हाते कला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्यधिक मन पराइने बस्तु मध्ये पर्न सफल हुँदै गएको छ । तर नेपालले बहुमूल्य वस्तु निर्यातमा प्रस्ट नीति लिन नसकेपछि  हस्तकला अन्तर्गत नेपाली कला झल्किने गरगहना निर्यात हुनबाट वञ्चित हुन पुगेको छ ।

    अन्तर्राष्ट्रिय वाणिज्यमा उच्च घाटा ब्यहोर्न बाध्य नेपालले गहना निर्यातलाई प्रोत्साहन गर्न सके विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत बन्न सक्छ । उनका अनुसार त्रिभुवन विमान स्थलमाका कर्मचारीबाट गहना निर्यातलाई हतोत्साहित गरिन्छ । भने यस प्रकारका गहना निर्यातमा आवश्यक कागजात भए पनि त्रि।बि विमान स्थल भन्सार प्रशासनबाट गहना जफत गरी निर्यातकर्तालाई कार्बाीहीको दायरामा ल्याइने गरिन्छ । यसकाणले समेत सुनका गहना निर्यातले प्रशय पाउन सकेको छैन ।

    अमृतले सुनमा कोर्ने कलालाई अन्य थप दश व्यक्तिलाई सिकाई रोजगार उपल्वध गर्न समेत सफल भएका छन् । उनको समूहले सुनमा आकर्षक नेपाली कला प्रस्तुत गर्न सफल हुँदै गएको छ । भने विगत १५ वर्ष देखि अमृतले अपनाएको यही पेसाका कारण अन्य युवा सरह विदेश पलायन हुन परको छैन । अर्को तर्फ गहना पारखीहरू हिजो विदेशी डिजाइनका गहनामा आकर्षित भएका थिए । विदेशी डिजाइनका गहना उत्पादनमा २२ क्यारेट सुन प्रयोगमा आउने गर्दछ , जसलाई बेच्दा पुरा मूल्य पाईदैन । अमृतका अनुसार नेपाली तथा विदेशी ग्राहक नेपाली कला देखिने गहना तर्फ आकर्षित हुँदै जानुको प्रमुख कारण मध्ये शुद्ध २४ क्यारेटे सुनको प्रयोग, उत्कृष्ट डिजाइन र बेच्दा पुरा मूल्य पाइन्छ । नेपाली कला देखिने गहनाको माग महँगो भए पनि उच्च हुँदै गएको छ ।

    सुनमा नेपाली कला कोर्ने बानीले अमृतलाई सृजनाशील सफल युवा व्यवसायी मात्र होइन करदाता भई राज्यको पुजी उर्पाजनमा सहयोगी बनाएको छ । उनका अनुसार नेपाल भर सुनका गहना बनाउने कालिगडको सख्ंया करिब ४० हजार पुगी सकेको छ । उनीहरूका दक्षता स्तरकिरणमा लागि राज्यबाट तालीम सञ्चालन आवश्यक रहेपनि यस प्रकारका कुनै पनि कार्यक्रम आउन सकेको छैन । त्यसैले अमृत भन्ने गर्दछन् , सुनमा नेपाली कला देखाउने युवा शक्तिको खाँचो छ, यसबाट युवालाई विदेश पलायन हुनबाट जोगाउन समेत जोगाउने उपाय बन्न सक्छ ।

    प्रतिक्रिया
    थप समाचार