Online Nepal बिहिबार, बैशाख २० २०८१

इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार


मध्यान्तर
  • शुक्रबार, असोज १९ २०८०

  • काठमाडौं । यस वर्षको नोबेल पुरस्कार इरानी जेलमा बन्दी बनाइएकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्।

    आज नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।

    निरंकुश इरानी सत्ताको कोपभाजनमा परेकी ५१ वर्षीया मोहम्मादी यतिबेला जेलमा छन्। उनलाई इरानी सरकारले १३ पटक पक्राउ गरी पाँच पटक दोषी ठहर गरेर ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाएको छ।

    प्रतिक्रिया
    थप समाचार