Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको


मध्यान्तर
  • आइतबार, असोज २१ २०८०

  • काठमाडौँ । बीमा क्षेत्रमा दशकौंदेखि चीरपरिचित लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लि. र सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. एक अपसमा गाभिए पश्चात कायम हुन आएको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.ले ग्राहक वर्गको थप विश्वास तथा माया हाँसिल गर्दै हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्न सफल भएको छ ।

    हाल नेपालमा रहेका एभिएसन कम्पनीहरु मध्ये ७ वटा कम्पनीहरु को बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चा.लु. आ.ब. ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ भने सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ ।

    कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको ईन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ ।कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्टको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव रु.२९ करोड भुक्तानी गरि सकेको छ भने बाँकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार