Online Nepal बिहिबार, बैशाख २० २०८१

आतंकवादी हमलामा परी इजरायलमा ७ जना नेपालीको मृत्युु

आतंकवादी हमलामा परी इजरायलमा ७ जना नेपालीको मृत्युु


मध्यान्तर
  • आइतबार, असोज २१ २०८०

  • काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ ।

    इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका एक सदस्यले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।

    जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

    मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो ।

    प्रतिक्रिया
    थप समाचार