Online Nepal आइतबार, जेष्ठ ६ २०८१

स्वास्थ्यमन्त्रीले हटाए महामारीमा काम गरेका वीरका २७६ कर्मचारी

स्वास्थ्यमन्त्रीले हटाए महामारीमा काम गरेका वीरका २७६ कर्मचारी


मध्यान्तर
  • सोमबार, असोज २२ २०८०

  • काठमाडौं( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको छ। मन्त्रालयले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको निर्देशन अनुसार २७६ जना कर्मचारीलाई हटाएको हो।

    मन्त्रीको निर्देशनमा वीर अस्पतालका कर्मचारी एकैपटक सेवामुक्त भएसँगै अस्पतालको शल्यक्रियादेखि आईसीयू सेवा प्रभावित भएको छ। आकस्मिक कक्षको सेवा समेत प्रभावित भएको वीरका कर्मचारीले जानकारी दिएका छन्।

    वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीहरुलाई हटाउनु भन्ने निर्देशन बमोजिम कोरोना महामारीको समयमा नियुक्ति गरिएका कर्मचारीहरुलाई हटाउने निर्णय गरिएको जानकारी दिए। एकैपटक धेरै कर्मचारी हटेसँगै अस्पतालका धेरै सेवा प्रभावित भएको उनले जानकारी दिए।

    ुकरारका कर्मचारीहरुलाई निकाल्नुपर्दा त्यसको असर वीरले दिने स्वास्थ्य सेवामा अवश्य नै परेको छ। आकस्मिक कक्ष, आइसियू तथा रेडियोलोजी विभागमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा समेत बजेट व्यवस्थापन हुन नसक्दा कर्मचारी निकाल्नुपरेको हो,ु निर्देशक डा पौडेलले भने।

    अस्पतालका अर्का एक चिकित्सकका अनुसार मेडिसिन वार्डका नर्सहरु सेवाबाट हटाउँदा आकस्मिक कक्षमै १४ जना बिरामी होल्ड भएर बसेको अवस्था छ। यसका साथै आईसीयूका धेरै शय्या बन्द नै हुन पुगेको छ।

    ुवीर अस्पतालमा दैनिक हुने शल्यक्रिया समेत रोकिन पुगेको छ। मन्त्रालयको उक्त निर्णयसँगै आइतबार न्यूरो, यूरो, सिटिभिएस लगायतका शल्यक्रिया समेत प्रभावित भयो,ु ती चिकित्सकले भने, ुआईसीयूका बिरामीको एक्सरे पनि हुन सकेको छैन।ु

    वीर अस्पतालको सेवा प्रभावित भएपछि वीरका कर्मचारीले मन्त्री बस्नेतले जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन्। ुजनताका पक्षमा लागेको छु भन्दै चर्को भाषण गर्ने मन्त्रीले गैरजिम्मेवार ढंगले कर्मचारी हटाउने निर्णय गर्दा नागरिकको उपचार पाउने हक खोसिन पुगेको छ,ु ती कर्मचारीले भने, यसका साथै कोभिड र डेंगुको समयमा ज्यानको बाजी थाप्दै बिरामीको सेवामा खटिएका कर्मचारीलाई दशैंको मुखमा हटाएर अमानवीय काम गरेका छन्।

    मन्त्री बस्नेतको निर्देशन अनुसार कर्मचारी हटाउँदा ९ सय शय्याको वीर अस्पतालमा ४ सय शय्याको सेवा प्रभावित भएको कर्मचारीहरु बताउँछन्। मन्त्री बस्नेतको हावादारी निर्णयले गर्दा कोभिडको समयमा ज्यानको बाजी राखेर उपचार सेवामा खटिएका कर्मचारी दशैंको मुखमा हटाइएका हुन्, ती कर्मचारीले भने, यसमा मन्त्रीका सचिवालयमा रहेका र सल्लाहकारहरुको पनि दोष छ। उनीहरु संवेदनशील नहुँदा नै वीर अस्पतालको सेवा बन्द हुने अवस्था आएको हो।

    कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने वीर प्रशासनविरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्। मेन्टिनेन्सका कर्मचारीको दरबन्दी हुँदाहुँदै पनि सोर्स फोर्सका आधारमा कर्मचारी राख्नका लागि आफूलाई निकालिएको ठाकुरले बताए।

    यूरोलोजी विभागमा कार्यरत नर्स एलिसा फुयाँल करारका कर्मचारी निकाल्ने निर्णयसँगै कर्मचारीहरु आन्दोलित हुने अवस्था आएपछि वीर अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको छ। करार कर्मचारीले धानेको आइसियू तथा आकस्मिक सेवा समेत बन्द हुने स्थितिमा पुगिसकेको छ। आकस्मिक कक्षका मात्रै १९ जना करार चिकित्सकहरु कामबाट निकालिँदा सेवा प्रभावित भएको उनको दाबी छ।

    प्रतिक्रिया
    थप समाचार