काठमाडौं । प्राइम टिभीका अध्यक्ष ऋषि धमला गम्भीर आर्थिक संकटमा फसेका छन् । उनी यतिवेला विभिन्न बैंकको कालो सूचीमा समेत परेको बताईएको छ । धमलानिकट उच्च स्रोतकाअनुसार उनी एनआइसी एशिया बैंकको कालो सूचीमा परेका छन् । रिपोर्टर्स क्लब नेपालका संस्थापक सभापतिसमेत रहेका धमला पत्रकारबाट मिडिया मालिक बनेका हुन् ।
उनी नेतृत्वको प्राइम टिभी स्थापनाको छोटो समयमा नै स्थापित भएको हो । टिभीमा लगानीकै लागि धमलाले बैंक तथा वित्तिय संस्थाका ऋण लिएको र समयमा तिर्न नसकेको चर्चा बजारमा चल्न थालेको छ । तर, धमलाले भने व्यवसायिक जीवनमा साना तिना समस्या आएपनि हल गरेर जाने बताउने गरेका छन् ।
उनी विहान सबेरैदेखि राति अवेरसम्म पत्रकारितामा नै सक्रिय छन् । उनी श्रमबाट नै पुँजी निर्माण गरेर मिडिया मालिक बनेका हुन् । उनलाई बैंकहरुले ऋण तिर्नको लागि ताकेदा गरिरहेका छन् । धमलाले भने केही समयको भाका मागेको बताईएको छ ।