Online Nepal आइतबार, जेष्ठ ६ २०८१

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन


मध्यान्तर
  • शुक्रबार, कार्तिक २४ २०८०

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ।

    प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो।

    प्रतिक्रिया
    थप समाचार