काठमाडौं । कैलालीको धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।
राति नै प्रहरी,स्थानीय र धनगढी उपमहानगरको दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनामा मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन ।