Online Nepal मंगलबार, मंसिर १२ २०८०

महिला टी-२० सिरिज खेलमा नेपालले जापानलाई ६७ रनले पराजित

महिला टी-२० सिरिज खेलमा नेपालले जापानलाई ६७ रनले पराजित


मध्यान्तर
  • शनिबार, मंसिर २ २०८०

  • काठमाडौं । महिला टी-२० सिरिज अन्तर्गत खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ।

    आज भएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो।

    जापानलाई सस्तोमा समेट्न संगीता राईले पाँच विकेट लिइन्। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए।

    जापानकी मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।

    त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।

    लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार