Online Nepal शनिबार, साउन १२ २०८१

टिकटकमाथि प्रतिबन्धविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

टिकटकमाथि प्रतिबन्धविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा


मध्यान्तर
  • सोमबार, मंसिर ४ २०८०

  • काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित गरिएको छ ।

    सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको हो ।

    सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको स्रोतले जनाएको छ ।

    हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि यही मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार