Online Nepal मंगलबार, मंसिर १२ २०८०

कृष्णभिरमा मृत भेटिए कलाकार प्रकाश ढकाल

कृष्णभिरमा मृत भेटिए कलाकार प्रकाश ढकाल


मध्यान्तर
  • सोमबार, मंसिर ४ २०८०

  • काठमाडौँ । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्।

    धादिङको बेनिघाट(रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।

    ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए।

    त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।

    प्रतिक्रिया
    थप समाचार