Online Nepal शनिबार, साउन १२ २०८१

आजको मौसम : देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार