Online Nepal शनिबार, साउन १२ २०८१

धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति

धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ । काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार