Online Nepal बिहिबार, बैशाख २० २०८१

अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह


मध्यान्तर
  • बिहिबार, मंसिर १४ २०८०

  • काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।
    ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ’, सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

     

    प्रतिक्रिया
    थप समाचार