Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनसेलको ५० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दोब्बर बोनस

एनसेलको ५० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दोब्बर बोनस


मध्यान्तर
  • शुक्रबार, पुष २७ २०८०

  • काठमाडौँ । एनसेलका ग्राहकले अब प्रत्येक ५० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन्।

    एनसेलले मंगलबारदेखि लागू हुने गरी ुझट्ट रिचार्ज फ्याट्ट बोनसु योजना अन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।

    यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा एक हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन्।

    यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ।

    बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ।

    एनसेल सापटी मार्फत् प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।

    यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो। अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरूलाई फाइदा हुने विश्वास एनसेलले लिएको छ।

    प्रतिक्रिया
    थप समाचार