Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ


मध्यान्तर
  • सोमबार, माघ ८ २०८०

  • काठमाडौं  । काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-२ का नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई सोमबार दिउँसो पक्राउ गरेको हो । धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

    प्रहरीका अनुसार नक्कली डाक्टर भट्टाचार्यले अहिलेसम्म ४० भन्दा बढी बिरामीको उपचार गरेको बयान दिएका छन् । भट्टाचार्यले चीनबाट एमबीबीएस उत्तीर्ण गरेको र अहिले त्रिवि शिक्षण अस्पतालमा काम गरिरहेको बताउने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भट्टाचार्यले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्रका आधारमा धवलागिरि पोलिक्लिनिक चलाउँदै आएका थिए । प्रहरीले भट्टाचार्यमाथि लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार