Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध

आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध


मध्यान्तर
  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध गर्ने भएको छ । त्यसको लागि महानगरपालिकाले पुरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भएको छ ।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए ।
    उनले भने, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

    उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार