Online Nepal शनिबार, जेष्ठ ५ २०८१

धरहरासँगै पार्किङ भवनमा आजदेखि पार्किङ खुला

धरहरासँगै पार्किङ भवनमा आजदेखि पार्किङ खुला


मध्यान्तर
  • आइतबार, माघ १४ २०८०

  • काठमाडौं । धरहरासँगै पार्किङ भवनको पहिलो तलामा आजदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

    धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र  निस्शुल्क पार्किङ उपलब्ध हुने महानगरले जनाएको छ । शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

    गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ देशकै ठूलो पार्किङ संरचना हो ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार