Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात


मध्यान्तर
  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ । ग्लोबल अनप्याकपछि सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलिजको साथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ । यसले मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिदिएको कम्पनीको दाबी छ ।

    कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।

    सो अवसरमा निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ। हाम्रो पहिलो एआइ सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ । आज हामी एउटा नयाँ अध्याय खोल्दै छौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधा विना छैन।”

    कार्यक्रममा कर्पोरेट र क्रीएटरहरूको क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति थियो । ग्यालेक्सी एस२४ सिरिज का स्मार्टफोनहरु प्रस्तुत गर्ने एक्सपिरिएन्स जोनमार्फत उपस्थित अतिथिहरूले यस नयाँ युगको पहिलो अनुभव गर्ने विशेष अवसर पाएका थिए । ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी एआइलाई आफ्नो जीवनमा ल्याउन सबै जना यो पहिलो अनुभव बाटै धेरै प्रभावित र मोहित भएको देखिन्छ ।

    कनेक्ट हुने नयाँ तरिकाः भाषा अवरोधहरू तोड्दै

    सञ्चार हाम्रो दैनिक जीवनको कुञ्जी हो। यही कारणले गर्दा प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधाहरू प्रदान गर्दछ। यी नयाँ सुविधाहरू कार्यक्रममा प्रत्यक्ष प्रदर्शनमार्फत प्रस्तुत गरिएको थियो।

    ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुईतर्फी कल अनुवादहरू मै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ । यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ । थप रूपमा, ग्यालेक्सी एआई अधिक सुरक्षित छ किनकि यसले बाह्य क्लाउड प्रणालीहरूमा भर नपरी फोनमा नै सञ्चालन गर्दछ।

    ग्यालेक्सी एस२४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई कार्यक्रममा प्रकाश पारेको थियो। हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस्, यी फोनहरु प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ । साथै, प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्दिन्छ, जसले प्रयोगकर्ताहरूलाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्न दिन्छ। ट्रान्सक्रिप्ट असिस्टको साथ, प्रयोगकर्ताहरूले रेकर्ड गरिएका कुराकानीहरूको छोटो सारांशहरू सिर्जना गर्न र साझेदारी गर्न सक्छन्, वा मिटिङहरूमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्छन्। नयाँ एन्ड्रोइड अटो सुविधाले चालकहरूलाई सुरक्षित रूपमा नेभिगेट गर्न, उनीहरूको मन पर्ने मिडिया पाउन र जता हुँदा पनि जहिले कनेक्टेड रहन दिन्छ।

    खोज गर्ने नयाँ तरिका

    प्रयोगकर्ताहरूका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि कुराको लागि सरल इशारामा र एपहरू स्विच नगरीकन खोज्ने नयाँ तरिका हो-सर्कल टु सर्च । नवीन खोज गर्ने सुविधाहरूको साथमा, ग्लेयालेक्सी एस२४ सिरिजका प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी पनि सुरक्षित गर्दछ। गुगलको साथमा सामसङले प्रयोगकर्ताहरूलाई खोज प्रक्रियालाई पूर्ण पारदर्शिता र पूर्ण नियन्त्रण प्रदान गर्दै अझ सुरक्षित बनाउन उपकरण विकास गरेको छ । ब्मखबलअभम क्ष्लतभििष्नभलअभ क्भततष्लनक अन्तर्गत, प्रत्येक प्रयोगकर्ताले आफूले अनलाइन प्रशोधन र एआइको पूर्ण कार्यक्षमतालाई अनुमति दिने वा नदिने निर्णय गर्न सक्ने कम्पनीले जनाएको छ ।

    सिर्जना गर्ने नयाँ तरिकाहरूः परिष्कृत क्यामेरा सुविधाहरूको साथ कन्टेन्ट सिर्जना बढाउँदै

    ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरुको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउँछ। ग्यालेक्सी एस२४ अल्ट्रासँग लोकप्रिय के–पॉप ग्रुप टुमरो ह टुगेदरको कन्सर्ट भिडियो पनि प्रोडक्ट ब्रिफिङको क्रममा देखिएको थियो। प्रयोगकर्ता अगाडिको पङ्क्तिमा बसेको जस्तो गरी सोहि भिडियो ग्यालेक्सी एस२४ अल्ट्रामा नाइटोग्राफी जुम प्रयोग गरी खिचिएको थियो ।

    ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताहरुले आफ्नो मनपर्ने सोशेल मिडिया एपहरुमा ग्यलेक्सिको नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्नेछन्। एआइको शक्ति फोटोमा मात्र सिमित नभई भिडियोमा पनि फैलिएको छ, जहाँ प्रयोगकर्ताहरूले कुनै पनि भिडियो सिर्जना गर्न र हेर्न सक्नेछन्, सोहि भिडियो यस तरिकामा नाखिचे पनि वा एकै समयमा अगाडि र पछाडि क्यामेराहरू प्रयोग गरी ४के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन्। अब, ग्यालेक्सी एस२४ सिरिज भएका सबै प्रयोगकर्ताहरुले बिना थप उपकरण गुणस्तरीय भिडियो बनाउन सक्नेछन्।

    क्विक शेर, ग्यालेक्सीको फाइल साझेदारी सुविधा, पनि विकसित भएको छ। गुगलसँगको साझेदारीमार्फत, प्रयोगकर्ताहरूले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरणहरू र विन्डोज पीसीहरूमा फाइलहरू साझेदारी गर्न सक्छन् ।

    खेल्ने नयाँ तरिकाहरूः शक्तिशाली प्रदर्शन मार्फत इष्टतम मोबाइल गेमिङ अनुभवहरू

    नवीनतम एआइ सुविधाहरूले अत्याधुनिक चिप प्रविधिको प्रयोग गर्दछ। त्यसैले ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीको लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसङको एक्सीनोस २४०० सँग सुसज्जित छ। यीसँग, डिभाइसले अझ इमर्सिभ गेमिङ अनुभवको लागि रे ट्रेसिङ मोड्युलको साथमा उच्च उपयोगिता र छिटो र सम्म गेम प्ले प्रदान गर्दछ । ग्यालेक्सी एआइको कारण, ग्यालेक्सी एस२४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ। अझ लामो ब्याट्री जीवनसँग जोड्दा, प्रयोगकर्ताहरूले अब अतिरिक्त–लामो गेमिङ सत्रहरूको आनन्द लिन सक्नेछन्।

    ग्यालेक्सी एस२४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन रहेको छ। नेपालमा माघ ३, २०८० देखि नै प्रि–बुक खोलिएको ग्यालेक्सी एस२४ शृङ्खलाका फोनहरु माघ २४ बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार