Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आजदेखि सरकारी कार्यालयको समय साँझ ५ बजेसम्म

आजदेखि सरकारी कार्यालयको समय साँझ ५ बजेसम्म


मध्यान्तर
  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।

    कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

    त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार भोलिदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार