Online Nepal सोमबार, बैशाख १७ २०८१

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु


मध्यान्तर
  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।

    लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ ।

    ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको निधन भएको हो’, सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार