Online Nepal सोमबार, बैशाख १७ २०८१

इरानमा गोली लागेर एकै परिवारका १२ जनाको ज्यान गयो

इरानमा गोली लागेर एकै परिवारका १२ जनाको ज्यान गयो


मध्यान्तर
  • आइतबार, फाल्गुन ६ २०८०

  • काठमाडौँ । इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएअनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् । इरानमा यस्तो खालको गोलीबारीको घटनाहरु कमै हुन्छन् ।

    सञ्चारमाध्यामका अनुसार यो घटना केरमान प्रान्तमा घटेको हो । एक तीस वर्षीय युवकले कलाश्निकोफ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२ जनाको हत्या गरेका छन् ।

    आक्रमणकारीलाई पछि सुरक्षा बलले मारेको थियो । इरानमा सर्वसाधारणले शिकारकालागि मात्र बन्दुक राख्न पाउँछन् । सर्वसाधारणसँग स्वचालित हतियार राख्ने अधिकार छैन ।

    प्रतिक्रिया
    थप समाचार