Online Nepal शनिबार, साउन १२ २०८१

करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ

करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ


मध्यान्तर
  • शनिबार, फाल्गुन १९ २०८०

  • काठमाडौँ । बर्दिबास नगरपालिका-८ स्थितबाट करिब ६५ किलो अवैध लागु औषध गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार