Online Nepal सोमबार, बैशाख १७ २०८१

कुवेतमा कारले किच्दा तीन नेपालीको मृत्यु, साथीकोमा बसेर जाँदै थिए काममा

कुवेतमा कारले किच्दा तीन नेपालीको मृत्यु, साथीकोमा बसेर जाँदै थिए काममा


मध्यान्तर
  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ५ बजेतिर भएको दुर्घटनामा पापाजोन कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो ।

    नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमकाअनुसार महाबुल्ला क्षेत्रको सिसाइड रोडमा उनीहरु दुर्घटनामा परेका थिए । दुर्घटनामा परी काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक-५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको सूचना अधिकारी गौतमको भनाई छ ।

    हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमबार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । राती सुरतसँगै बसेका उनीहरु मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किन लागेका थिए । सुरत उनीहरुलाई बस चढाउन आएका थिए, त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार