Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै 

नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै 


मध्यान्तर
  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौं ।  ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै छ ।  त्रिवि क्रिकेट मैदानमा आज यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो ।

    हिजोको खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमा समेटिएको थियो ।

    वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो ।

    नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार