Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालको शानदार जित

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालको शानदार जित


मध्यान्तर
  • शनिबार, बैशाख २४ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।

    नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए ।
    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनाएको थियो ।

    दुई टोलीबीचको सिरिज सोमबार हुनेछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार