Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टको उपाधि एनआईसी एशिया बैंकलाई

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टको उपाधि एनआईसी एशिया बैंकलाई


मध्यान्तर
  • शनिबार, चैत्र ९ २०७५

  • काठमाडौं । जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टको उपाधि एनआईसी एशिया बैंकले हात पारेको छ । चितवनको सौरहामा भएको मैत्रिपूर्ण खेलमा सम्पूर्ण प्रतिस्प्रधिहरुलाई पछि पार्दै बैंकले उपाधि हात पारेको हो ।

    इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्टको आयोजनामा फागुन ३० देखि चैत २ गतेसम्म संचालन भएको टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।

    बैंकले आफ्नो वित्तीय कारोबारसँगै अन्य क्षेत्रमा पनि सफलता हासिल गर्दै लगेको जनाएको छ । एनआईसी एशियाले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ ।

    बैंकका करिब १४ लाख ५० हजार ग्राहक रहेका छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार