Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनसेलको आजबाट सुरु गर्यो ‘गज्जबको डेटा प्याक’, यसरी गर्नुहास सुचारु

एनसेलको आजबाट सुरु गर्यो ‘गज्जबको डेटा प्याक’, यसरी गर्नुहास सुचारु


मध्यान्तर
  • सोमबार, माघ २१ २०७५

  • काठमाण्डौ । आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै एनसेलले नयाँ सुविधा युक्त सेवाको सुचारु गरेको छ । एनसेलले ‘गज्जबको डेटा प्याक’ नाम दिएको यो सेवा मार्फत ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने छन् ।

    यसमा ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरु चलाउन सक्नेछन् । गज्जबको डेटा प्याक सोमबारदेखि लागू हुने कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समय सीमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु १५ (रु १९.१५ करसहित)मा चलाउन सक्नेछन् । तीन दिनको समय सिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ करसहित) मा चलाउन सकिनेछ ।

    यस्तै ५ सय एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ करसहित) मा खरिद गर्न सकिनेछ । यो प्याकको समय सीमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समय सीमा रहेको तीन जीबी डेटा प्याक रु ३५५ (रु ४५३.३० करसहित) मा लिन सक्नेछन् ।

    ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ । यो अफर सञ्चालन भएको दिनदेखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार