Online Nepal शुक्रबार, बैशाख ७ २०८१

उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र घोषणा


मध्यान्तर
  • शनिबार, भाद्र २५ २०७९

  • काठमाडौं । उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानून पारित गरेको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
    नेता किम जोङ*उनले निर्णयलाई ‘अपरिवर्तनीय’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे । प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षण गरेको छ ।

    उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।

    किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि उत्तर कोरियाले सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेको थियो । त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार