Online Nepal आइतबार, जेष्ठ ६ २०८१

डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध


मध्यान्तर
  • बिहिबार, असार १२ २०७६

  •  

     

     

     

     

     

     

     

     

    दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ ।

    टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ ।

    एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् ।

    सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

    यद्यपि, मर्मतका लागि कर्मचारी पठाइएसकिएको टेलिकमको भनाइ छ ।

    जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।

    प्रतिक्रिया
    थप समाचार