Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर संवाददाता
  • बिहिबार, कार्तिक २० २०७७

  • काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ ।

    यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६६३ संक्रमितमध्ये ७ हजार ३२२ जना निको भएका छन् ।

    हाल ७५ जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने दुई जिल्लाहरु मनाङ र बाजुरामा भने एक जना पनि सक्रिय संक्रमित रहेका छैनन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको छ ।

    यस्तै बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।  जसमध्ये १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार